बिहीबार, वैशाख ११, २०८२

पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि

नेपालखोज २०७७ साउन ३२ गते २०:०९

काठमाडौं । नपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर एक/एक रुपैयाँ बढाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणी उपाध्यायले जानकारी दिए ।

अब पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर एक सय पाँच रुपैयाँ तथा डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ९१ रुपैयाँ कायम गरिएको उपाध्यायले जानकारी दिए ।

इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूचीअनुसार मूल्य बढाएको उनले बताए । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् नै राखेको छ ।

 

 

 

प्रतिक्रिया