सोमबार, वैशाख ८, २०८२

प्रभु बैंकको जोरपाटी शाखाबाट राजश्व संकलन हुने

नेपालखोज २०७७ भदौ २ गते १४:५४

काठमाडौं । प्रभु बैंक लिमिटेडले आन्तरिक राजश्व कार्यालय जोरपाटी, काठमाडौंको राजश्व संकलन गर्ने भएको सम्पुर्ण कारोवार २०७७ भदौ ०१ गतेदेखि बैंकको जोरपाटी शाखाबाट सुरु गरेकोे छ ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले आन्तरिक राजश्व कार्यालय जोरपाटीको पनि राजश्व संकलन गरेर आप्mनो सेवा विस्तार गर्न सफल भएको छ । प्रभु बैंकबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने विश्वास लिएको बैंकले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

प्रभु बैंकले २०८ वटा शाखा कार्यालय, १७३ एटिएम्, ५२ एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखारहित बैंकिङ्ग सेवामार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया