मंगलबार काठमाडौं उपत्यकामा थप २ सय ५ जनामा देखियो कोरोना
नेपालखोज
२०७७ भदौ २ गते १६:३७
काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार २ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १ सय ३८, ललितपुरका ५० र भक्तपुरमा १७ गरी उपत्यकामा २ सय ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन् ।
योसँगै काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या २ हजार ३ सय ४० पुगेको छ । जसमध्ये सबैभन्दा धेरै काठमाडौंमा १ हजार ८ सय ४१, ललितपुरमा ३ सय ३३ र भक्तपुरमा १ सय ६३ संक्रमित पुष्टि भएका छन् ।
पछिल्लो २४ घण्टा यता देशभर १ हजार १६ जना कोरोना संक्रमित थपिएका छन् । नेपालमा हालसम्म १ सय १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमित संख्या २८ हजार २ सय ५७ जना पुगेको छ ।
सम्बन्धित
प्रतिक्रिया