सोमबार, वैशाख ८, २०८२

बुधबार काठमाडौं उपत्यकामा थप १ सय ५९ जनामा देखियो कोरोना

नेपालखोज २०७७ भदौ ३ गते १६:४२

काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार १ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १ सय ३४, ललितपुरका १७ र भक्तपुरमा ८ गरी उपत्यकामा १ सय ५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन् ।

योसँगै काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या २ हजार ४ सय ९९ पुगेको छ । जसमध्ये सबैभन्दा धेरै काठमाडौंमा १ हजार ९ सय ७५, ललितपुरमा ३ सय ५० र भक्तपुरमा १ सय ७१ संक्रमित पुष्टि भएका छन् ।

पछिल्लो २४ घण्टा यता देशभर ६ सय ८१ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित संख्या २८ हजार ९ सय ३८ जना पुगेको छ ।

 

प्रतिक्रिया