सोमबार, वैशाख ८, २०८२

समाज लघुवित्तको आइपिओ आजदेखि खुल्ने

नेपालखोज २०७७ भदौ ४ गते ९:३२

काठमाडौं । समाज लघुवित्तको आइपिओ आजदेखि खुल्ने भएको छ । संस्थाले १ सय अंकित ८० हजार ७० कित्ता शेयर सर्वसाधारणका लागि जारी गर्ने भएको हो।

कूल ८६ हजार कित्ता साधारण शेयर वर्गीकरण गरिएकोमा १ हजार कित्ता कर्मचारी तथा ४३०० सय कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक भएको यसका लागि आवेदन दिने अन्तिम मिति भदौ १८ गतेसम्म हुने छ। १ करोड १४ लाख चुक्ता पुँजी भएको कम्पनीको प्रतिशेयर आम्दानी गएको वर्ष २१ रुपैयाँ रहेको छ।

प्रतिक्रिया