सोमबार, वैशाख ८, २०८२

बैंकका कर्मचारीलाई आउजाउ गर्ने वातावरण बनाउन गृहको निर्देशन

नेपालखोज २०७७ भदौ ४ गते १७:५४

काठमाडौं । बैंकका कर्मचारीलाई कार्यालय आउजाउँ गर्ने वातावरण बनाउन गृह मन्त्रायले निर्देशन दिएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएर बैंकका कर्मचारीलाई कार्यालय आउजाउँ गर्न सहज वातावरण सिर्जना गर्न गृह मन्त्रालयले निर्देशन दिएको हो ।

विहीबार बैंकका कर्मचारीलाई बाटोमै रोकेपछि बैंकर्स संघले बैंकका शाखा बन्द गर्ने निर्णय गरेको थियो । अत्यावश्यक सेवाभित्र पर्ने बैंकलाई संचालनका लागि सहजता प्रदान गर्न बैंकर्स संघले भनेसँगै गृहको साे निर्देशन दिएकाे हाे ।

उपत्यकाका तीनवटै जिल्ला प्रशासनलाई पत्र पठाएर अत्यावश्यक सेवाभित्र रहेको बैङ्किङ प्रणाली संचालनमा ल्याउन कर्मचारीलाई कार्यालय आउजाउ गर्न दिने वातावरण बनाउन गृह मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया