मंगलबार, वैशाख ९, २०८२

अबको दुई वर्षभित्रमा कोरोना नियन्त्रण हुने डब्लूएचओकाे दावी

नेपालखोज २०७७ भदौ ६ गते ८:०१

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अबको दुई वर्षभित्रमा कोरोना भाइरस नियन्त्रणमा आउन सक्ने आशा गरेको छ । संगठनका महानिर्देशक डाक्टर टेड्रोस एडनाम गेब्रेयेससकाअनुसार सन् १९१८ मा फैलिएको स्पेनिस फ्लूको तुलनामा कोरोना नियन्त्रणमा आउन सक्ने देखिएको छ ।

अहिलेको उपचार पद्धतिले कोरोनालाई दुई वर्षभित्रमा नियन्त्रणमा लिन सक्ने उनले बताए । स्पेनिस फ्लू पनि दुई वर्षमा नियन्त्रणमा आएको भन्दै उनले अबको दुई वर्षमा कोरोनालाई पनि नियन्त्रण गर्न सकिने एउटा आशा देखिएको उनले बताए । उनले एक अर्कोको सम्पर्कमा आएकै कारण विश्वमा कोरोना फैलिएको पनि बताए ।

स्पेनिस फ्लूका कारण सन् १९१८ देखि १९२० सम्ममा कम्तीमा पाँच करोड मानिसको ज्यान गएको थियो । कोरोना भाइरसका कारण विश्वभर अहिलेसम्म ८ लाख बढीको मृत्यु भइसकेको छ भने २३ करोड बढीमा संक्रमण भएको छ ।

यसबाट सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित बनेको छ । त्यहाँ हालसम्म करिब १ लाख ८० हजारले ज्यान गुमाइसकेका छन् । त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ५५ हजार बढीले ज्यान गुमाइसकेका छन भने करिब ३ लाख संक्रमित छन्

प्रतिक्रिया