सोमबार, वैशाख ८, २०८२

कोरोना संक्रमणबाट वीरगन्जमा थप दुई जनाको मृत्यु

नेपालखोज २०७७ भदौ ६ गते ९:५२

वीरगन्ज । कोरोना भाइरस संक्रमणबाट वीरगन्जमा थप २ को मृत्यु भएको छ । बीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचाररत दुई पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।

पर्साको बहुदरमाई नगरपालिका बहुअरीका एक पुरुषको आज विहानै मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई उपचारका लागि विहीबार मात्र अस्पताल भर्ना गरीएको थियो ।

त्यसैगरी, कोरोना संक्रमणबाट वीरगञ्जकै अर्का एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ सुगौली विर्ता बस्ने ५८ वर्षीय पुरुषको गएराति मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

मधुमेहका पुराना रोगी मृतकमा किड्नीको पनि समस्या रहेको कार्यालयले जनाएको छ । मृतक पुरुषको कुनै ट्राभल हिस्ट्री नरहेको जिल्ला प्रशासनले जानकारी दिएको छ ।

प्रतिक्रिया