मंगलबार, वैशाख ९, २०८२

भारतमा सङ्क्रमितको संख्या तीस लाख पुग्यो, एकैदिनमा ७० हजार सङ्क्रमित

नेपालखोज २०७७ भदौ ६ गते १४:२७

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या झण्डै तीस लाख पुगेको छ । सरकारी अधिकारीहरुकाअनुसार कुल सङ्क्रमितको संख्या २९ लाख ७५ हजार ७ सय २ पुगेको हो । ती मध्ये ६९ हजार ८ सय ७८ जना पछिल्लो २४ घण्टामा थपिएको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जनाएको छ ।

कुल सङ्क्रमित मध्ये ६ लाख ९७ हजार ३ सय ३० जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् । त्यस बाहेक २२ लाख २२ हजार ५ सय ७८ जना सङ्क्रमणमुक्त भएका छन् । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये ९ सय ४५ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको पनि अधिकारीहरुले जनाएका छन् ।

योसँगै भारतमा कोरोनाका कारण अहिलेसम्म कुल ५५ हजार ७ सय ९४ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । ती मध्ये सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा मृत्यु भएको छ । महाराष्ट्रमा मात्रै कोरोनाका कारण २१ हजार ६९८ जनाको मृत्यु भएको छ भने एक लाख ६४ हजार ८ सय ७९ जना सङ्क्रमित भएका छन् । रासस÷एएनआई

प्रतिक्रिया