मंगलबार, वैशाख ९, २०८२

चीनको कोरोना खोपको फेज–३ क्लिनिकल परीक्षण अर्जेन्टिनामा सुरु

नेपालखोज २०७७ भदौ ६ गते २०:०३

एजेन्सी । चीनको कोरोना विरुद्धको खोपको फेज–३ क्लिनिकल परीक्षण अर्जेन्टिनामा सुरु भएको छ । हिजोदेखि फेज–३ क्लिनिकल परीक्षण सुरुवात भएको चीनको भ्याक्सिन निर्माता कम्पनी चाइना नेसनल बायोटेक ग्रुप सीएनबीजीले जनाएको छ ।

सीएनबीजी चीनको सरकारी औषधि निर्माता कम्पनी सिनोफार्मबाट अनुमति प्राप्त कम्पनी हो । अर्जेन्टिनामा खोप परीक्षणका लागि सीएनबीजीले अर्जेन्टिनाको एलिएफिनिक्स ल्याबोरेटोरीसँग काम गरिरहेको छ ।

यसअघि यूएइ, पेरु र मोरोक्कोबाट पनि चिनियाँ खोपले परीक्षण गर्ने अनुमति पाएको थियो । खोप परीक्षण गर्ने अनुमति पाउनुलाई चिनियाँ खोप विकासको ठूलो सफलता मानिएको छ ।

प्रतिक्रिया