बुधबार, वैशाख २४, २०८२

डब्ल्यूएचओ : १२ वर्षमाथिका बालबालिकाले पनि मास्क लगाउनुपर्ने

नेपालखोज २०७७ भदौ ७ गते ९:२९

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले १२ वर्षमाथिका बालबालिकाले पनि मास्क लगाउनुपर्ने नयाँ नियम लागु गरेको छ । डब्ल्युएचओले १२ वर्षमाथिका बालबालिका तथा किशोर अवस्थाका व्यक्तिबाट कोरोना भाइरस फैलन सक्ने भन्दै मास्क लगाउनुपर्ने नयाँ नियम जारी गरेको छ ।

डब्ल्यूएचओले १२ वर्षभन्दा माथिका बालबालिका तथा किशोरकिशोरीले वयस्क व्यक्तिले जस्तै मास्क लगाउनुपर्ने जनाएको बीबीसीले जनाएको छ ।

यसअघि किशोर अवस्थाका व्यक्ति कोरोना भाइरसको संक्रमण कम फैलने देखिएकोमा अहिले किशोर अवस्थाका व्यक्तिबाट पनि वयस्कबाट जस्तै संक्रमण फैलने पाइएकाले उनीहरुलाई मास्क अनिवार्य गर्न डब्ल्युएचओले सुझाव दिएको छ । तर उसले पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई मास्क नलगाउन तथा ६ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई मास्क लगाउन भनेको छ ।

प्रतिक्रिया