ट्रम्प औपचारिक रुपमा राष्ट्रपतिको उम्मेद्वार घोषित
नेपालखोज
२०७७ भदौ ९ गते ७:२९
एजेन्सी । अमेरिकी राष्ट्रपतिका लागि हुन लागेको चुनावमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले औपचारिक रुपमा रिपब्लिकन पार्टीको तर्फबाट उम्मेद्वारी घोषणा गरेका छन् ।
हिजो आयोजित रिपव्लिक पार्टीको अधिवेशनबाट ट्रम्पलाई राष्ट्रपतिका लागि उम्मेद्वार घोषणा गरिएको हो । ट्रम्पका प्रतिस्पर्धीका रुपमा डेमोक्रेटिक पार्टीका तर्फबाट पूर्व उपराष्ट्रपति जो बाइडेन प्रतिस्पर्धाको मैदानमा रहेका छन् ।
अधिवेशनले ट्रम्पलाई दोश्रो पटक चुनाव लड्नका लागि गरिएको निर्णयलाई अनुमोदन गरेको छ । ट्रम्पका प्रतिस्पर्धी बाइडेनलाई भने पूर्व राष्ट्रपति बाराक ओबामा पनि समर्थन गरिरहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया