बिहीबार, वैशाख ११, २०८२

नेपालमा कोभिडले शोधनान्तर बचत बढ्यो

नेपालखोज २०७७ भदौ ९ गते ८:०३

काठमाडौं । मूल्य बृद्धि दर लक्ष्यभन्दा थोरै माथि गएपनि कोभिड–१९ ले देशको बाह्य अवस्था भने मजबुत बनाएको छ । नेपाल राष्ट्र बैंकले सोमबार गत आर्थिक बर्षको बर्तमान आर्थिक अवस्थाको प्रतिवेदन सार्वजनिक गर्दै शोधनान्तर बचत २ खर्ब ८२ अर्ब ४१ करोड पुगेको जनाएको हो ।

अघिल्लो बर्ष शोधनान्तर अवस्था ६७ अर्ब ४० करोडले ऋणात्मक थियो । निर्यात ब्यापार नफस्टाए पनि आयात उच्च दरले कटौति भएको र रेमिटेन्स आयमा पनि गिरावट नआएकाले यस वर्ष शोधनान्तर बचत उच्च रहेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए । यस वर्ष मूल्य बृद्धि पनि ६ प्रतिशतको लक्ष्यबाट केही बढेर ६.१५ प्रतिशतमा उक्लिएको छ ।

अघिल्लो बर्ष मूल्य बृद्धि दर ४.६४ प्रतिशत मात्र थियो । एक बर्षमा निर्यात ०.६ प्रतिशतले मात्र सुध्रिएको छ । एक खर्बभन्दा केही कम अर्थात ९७ अर्ब ७१ करोडको मालसामान नेपालले बिदेशमा निर्यात गरेको छ । आयात भने विगतको तुलनामा केही घटेको छ । कुल १५.६ प्रतिशतले घटेर ११ खर्ब ९६ अर्ब ८० करोडको आयात भएको छ । अघिल्लो बर्ष आयात १३.९ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया