आफ्नै हजुरबासँग बिबाह ! तीन महिनापछि थाहा भयो
एजेन्सी । एकजना २४ वर्षिया युवतीले ७८ वर्षका बृद्धसँग विवाह गरेकी छिन् । विवाह भएकोे ३ महिना पछि उनीहरु नाता हजुबा र नातीनी भएको उनीहरुले थाहा पाए । यो घटना अमेरीकाको फ्लोरिडाको हो ।
७८ वर्षको उमेरमा एकजना धनी बृद्ध व्यक्तिले २४ वर्षीया युवतीसँग विवाह गरे । बिहेपछि दुबैको जीवन सुखद बितेको थियो । तर तीन महिनापछि भने उनीहरुको जीवनमा भूकम्प आयो ।
तीन महिनापछि युवतीलाई थाहा भयो, आफूले श्रीमान मान्दै आएका व्यक्ति त उनका आफ्नै हजुरबुवा पो रहेछन् ।आफ्नो श्रीमानका पुराना तस्वीरहरुको एल्बम हेर्दा उनको आँखा एउटा तस्वीरमा गयो । उक्त तस्वीरमा उनका बृद्ध श्रीमान र पहिलो श्रीमती र बच्चाहरुको तस्वीर थियो । उनले सोध्दा पहिलो श्रीमतीको बारेमा श्रीमानले बताए । त्यसपछि श्रीमान मानेर बसेको मान्छे त आफ्नै हजुरबुवा पो परेछ भन्ने स्पष्ट भयो ।
तर अचम्म, सबै कुरा थाहा पाएर पनि यी युवतीले भने आफ्ना हजुरबालाई छोड्न चाहँदिनन् । उनको भनाई छ, ‘हामीबीच राम्रो सम्बन्ध छ । यौनसम्बन्धदेखि सबै कुरा भइसक्यो । अब त्यो नाता अहिले थाहा भएको हो, त्यसैले मैले छोड्न सक्दिन ।’
प्रतिक्रिया