मानिसको सिंग पलाएपछि…
एजेन्सी । सबैलाई थाहै छ मानिसको सिंग हुँदैन । केही जिवजन्तुहरुको मात्र सिंग हुन्छ । सिंग जनावहरूकाे हतियार पनि हाे । मानिसको सिंग नहुनु कुनै नौलो कुरा होइन । भारतको मध्य प्रदेशको सागर जिल्लामा रहेको रहली गाँउमा बस्ने ७४ वर्षीय श्यामलाल यादवको टाउको सिंग पलाएको थियो । कुनै जनावरको सिंग झै बलियो र कडा श्यामलालको सिंग चार इञ्च भन्दा ठूलो थियो ।
श्यामलालका अनुसार ५ बर्ष पहिले टाउकोमा चोट लागेसंगै पलाउन शुरु गरेको सिंग विस्तारै ठूलो हुँदै गएको थियो । टाउको सिंग पलाएसँगै श्यामलाल शुरुवातमा निकै डराएका थिए । उनले पलाएको सिंग काट्ने निकै प्रयास गरे तर काट्दा पनि केही समयमा सिंग पलाएर आइहाल्थ्यो ।
सिंग काट्दा पनि नजाने तथा बढ्दै गएपछि श्यामलालले केही वर्ष निकै कष्टपूर्ण जीवन भोग्नुपर्यो । उनी सिंग पलाउने समस्या लिएर चिकित्सककोमा समेत पुगे । तर उनको टाउको सिंग देख्ने बित्तिकै धेरै चिकित्सक डराए र उपचार गर्न नसक्ने बताए । केही चिकित्सकले भने सिंग हटाउन निकै महंगो शुल्क लाग्ने बताए ।
श्यामलालसँग पर्याप्त रकम नभएका कारणले उनले सिंग पलाउने समस्या सहनुपर्यो । तर श्यामलालको समस्या थाहा पाएपछि सागर शहरको भाग्योदय नामक अस्पतालका चिकित्सकले उनको सिंग अप्रेसनको माध्यमबाट हटाउन सकिने बताए । सोही अस्पतालका चिकित्सकको टोलीले उनको सिंगको अप्रेसन गरी त्यसलाई जरैबाट हटाइदिए । अप्रेसनमा संलग्न चिकित्सकका अनुसार श्यामलालको समस्या दुर्लभ प्रकारको सेबेसियस हर्न नामक बिरामिले गर्दा भएको हो ।
प्रतिक्रिया