एक सेकेण्डमा दुई व्यक्तिको मृत्यु, ६ बच्चाहरूको जन्म हुन्छ
६० सेकेन्ड मिलेर एक मिनेट हुन्छ । एक सेकेन्डको पनि महत्व धेरै छ भन्ने गरेको हामी सुन्ने गछौं । यो कुरा केही अवस्थामा लागु भएपनि हामीलाई एक सेकेन्डको खासै मतलव हुँदैन । तर विश्वभर एक सेकेन्डमा थुप्रै घटनाहरु घटिरहेका हुन्छन् । जान्नुहोस विश्वभर एक सेकेन्डमा कस्ता घटनाहरु घटिरहेका हुन्छन् ।
१. हरेक एक सेकेण्डमा दुई व्यक्तिको मृत्यु हुन्छ भने ६ बच्चाहरूले जन्म लिन्छन् ।
२. एक सेकेन्डमा मौरीले आफ्नो पखेटा २ सय ७० पटक पल्टाउँछ ।
३.अध्ययनहरूका अनुसार एक सेकेण्डभित्र ९ सय २६ रुख काटिन्छन् । भने, एक सेकेण्डमा ३ जनाको विवाह हुन्छ ।
४. एक सेकेण्डमा मानव शरीरका ९ सय २६ कोशिकाहरू मर्दछन् भने १ लाखभन्दा बढी रासायनिक प्रतिक्रियाहरू शरीरमा देखा पर्छन् ।
५. विश्वभर एक सेकेन्डमा ४१ हजार फेसबुकमा स्टेटस अपडेट गरिन्छ ।
६. बिल गेट्स प्रत्येक एक सेकेन्ड २ सय ५० डलर कमाउँछन् ।
प्रतिक्रिया