एप्पलका उत्पादनमाथि प्रतिबन्ध लगाउने चिनको चेतावनी
नेपालखोज
२०७७ भदौ १३ गते २१:०१
एजेन्सी । चीनले अमेरिकामा सामाजिक सञ्जाल वीच्याटमाथि प्रतिबन्ध लगाएको खण्डमा चीनमा एप्पलका उत्पादनमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले यस्तो भनाइ व्यक्त गरेका हुन् । उनले संयुक्त राज्य अमेरिकाले वीच्याटलाई प्रतिबन्ध लगाएको खण्डमा चिनियाँ उपभोक्ताले एप्पलको बहिष्कार गर्नसक्ने जनाएका हुन् ।
अमेरिकाले पछिल्लो समय चिनियाँ कम्पनी तथा विभिन्न एपमाथि प्रतिबन्ध लगाइरहेको छ । पहिलो चरणमा चिनियाँ कम्पनी ह्वावेलाई फाइभजी प्रविधिमा प्रतिबन्ध लगाएको अमेरिकाले पछिल्ले समय टिकटकका साथ वीच्याटमाथि प्रतिबन्ध गर्ने तयारी गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया