सन्तोषको ‘फ्राइडे नाइट’ युट्युब र फेसबुकमा छ्याप्छ्याप्ती (भिडियाेसहित)
काठमाडौं । गायक सन्तोष वीरसिंह बस्नेतले हालै नयाँ नेपाली गीत ‘फ्राइडे नाइट’ नामक गित बजारमा ल्याएका छन् । लामो समयदेखि बेलायतमा बसेर संगीत अध्ययन गरि आएका उनले यस गीतमार्फत् परिवारमा मध्यपान वाट हुने ठाकठुकको यथार्थ चित्रण गरेका छन् । सङ्गितकार राजकुमार रहेको यस म्युजिक भिडिओमा मोडल अभिलाषा शर्माको अभिनय रहेको यो गित युट्युब र फेसबुकमा चर्चित हुँदै गएको छ ।
लामो समयदेखी वेलायतमा बसेर सङ्गीत विषय अध्ययन गरेर नेपाल फर्किएका गायक बस्नेतले हालै सम्पन्न भएको नेपाल पर्यटन बोर्डद्वारा आयोजना गरीएको टुरिजम भिडिओ प्रतियोगितामा ‘भिजिट नेपाल’ नामक गीतबाट समेत दोश्रो स्थान हासिल गर्न सफल भएका थिए सुरज कुमारको संगीत रहेको यस गीतका रचनाकार स्वयम गायक बस्नेत हुन् ।
यसअघि साङ्गितिक फाँटमा ‘लुक्ला’ नामक गीत ल्याइ पर्यटकीय क्षेत्र सोलुखुम्बुको सम्पुर्ण भेगको गितद्वारा सुन्दर चित्रण पेश गरेका थिए । ‘खट्टो पिरो’ र ‘आइया आत्था’ गरी २ वटा कमेडी गीति संग्रह समेत बजारमा ल्याइसकेका बस्नेतले केही महिनाअघि ‘आमा’ नामक भिडिओ गीत बजारमा ल्याएका थिए । सो गीतमा चर्चित अभिनेत्री मिथिला शर्मा र चर्चित क्रिकेट खेलाडी शक्ति गौचनले अभिनय गरेका थिए । खेलाडीको जीवनमा आमाको महत्व दर्शाइएको सो गीत नेपाली गीति छेत्रमा सफल रहन पुगेको थियो । गित सङ्गीत अध्ययनको क्रममा बेलायतस्थित भारतीय विद्या मन्दिरमा गायिका स्वानन्द कर्माकरसँग करीब ६ बर्ष शास्त्रीय संगीतको अध्ययन गरेका गायक बस्नेतले हालसालै ‘लिला’ नामक गीति संग्रह समेत बजारमा ल्याएका थिए ।
प्रतिक्रिया