आइतबार, वैशाख ७, २०८२

ट्विटरमा कंगनाको फलोअर्स दैनिक ५० हजार घट्दै

नेपालखोज २०७७ भदौ १५ गते २०:०६

एजेन्सी। बलिउड अभिनेत्री कंगना रनोटको ट्विटर फलोअर्स दैनिक ५० हजार घट्दै छन् । वंशवाद र पक्षपातको विरुद्ध बोल्दा कंगना रनोटको ट्विटर फलोअर्स सख्यामा कम हुँदै आएको छ ।

वास्तवमा कंगनालाई एक ट्विटर प्रयोगकर्ताले ट्विट गरेर फलोअर्स घटेकोमा ध्यान आकर्षित गर्न भनेका थिए । चौकीदार नामको ट्विटर एकाउन्टबाट लेखिएको थियो कंगनाजी तपाइँको ट्विटर फलोअर्सको सख्या कम भइरहेको छ । एक घन्टा पहिला ९९ लाख २ हजार थियो पछि ९८ लाख ८ हजार भयो ।

यसको जबाफ कंगनाले लेखेकी छिन, यो कुरामा सहमत छु । हरेक दिन मेरो फलोअर्स कम भइरहेका छन् । म सधै ट्विटरमा छैन र पनि किन यस्तो हुन्छ, तर कसरी हो रु यस्तो किन भइरहेको छ, यसको कुनै आइडिया छ रु कंगनाले यस ट्विटलाई ट्विटर इन्डिया र सर्पोटलाई पनि ट्याग गरेकी छिन् ।

अर्का ट्विटरकर्तालाई कंगनाले बताएकी छिन्, राष्टवादीहरु जताततै संघर्ष गर्नुपर्दछ । यसको बहुमत धेरै बलियो छ । जसले आफै अनफलो गरिरहेका छन् उनीहरुसँग माफि मागे । यो ठिक छैन थाहा छ तै पनि यसमा हाम्रो बानी परेको छैन् ।

सुशान्त सिंह राजपुतको आत्महत्याको विषयमा कंगनाले सुरुबाट नै बलिउड माफियातन्त्रमाथि निशाना बनाएकी थिइन् । बलिउड केहि शक्तिशाली मानिसहरुले आफ्नो मर्जीले चलाएको वा चलाउन चाहेको कुरा कंगनाले दमदार रुपमा उठाएकी थिइन् ।

कंगनाले आकस्मिक र दुखद सुशान्तको निधनको लागि नेपोटिजमलाई बढावा दिनेहरु जिम्मेवार भएको सुरुवात देखि नै भन्दै आएकी छिन् । यसको साथै उनले बलिउडमा लागुपदार्थको अभ्यासको बारेमा पनि कुरा गरेकी थिइन् ।

प्रतिक्रिया