नेपालका १२ जिल्लामा कोरोना समुदायमै फैलियो : स्वास्थ्य मन्त्रालय
नेपालखोज
२०७७ भदौ १६ गते १७:३८
काठमाडौं । नेपालका १२ जिल्लामा कोरोना समुदायमै स्तरमै फैलि सकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज मन्त्रालयको नियमित प्रेसमिटका क्रममा जनस्वास्थ्य वैज्ञानिक डा. सुरेश तिवारीले १२ वटा जिल्लामा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिसकेको बताएका छन्।
स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य सल्लाहकार तिवारीले हालसम्म फेला परेका संक्रमितमध्ये ७३ प्रतिशत १२ जिल्लाका रहेको बताए।
५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको मोरङ, सुनसरी, धनुषा, महोत्तरी, पर्सा, बारा, रौतहट, सर्लाही, काठमाडौं, ललितपुर, चितवन र रुपन्देहीमा कोरोना समुदायमा फैलिएको उनले बताएका छन् ।
सम्बन्धित
प्रतिक्रिया