मंगलबार, वैशाख ९, २०८२

भरतपुर रक्तसञ्चार केन्द्रका प्राविधिक र चालक पनि कोरोना संक्रमित

नेपालखोज २०७७ भदौ १७ गते १४:१०

भरतपुर । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरमा कार्यरत दुई जना कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि केन्द्रलाई ‘सिल’ गरिएको छ ।

चालक र प्राविधिकलाई सङ्क्रमण देखिएकाे केन्द्रका प्रमुख रमेशकान्त पौडेलले जानकारी दिए । उनले बुधबार बिहानदेखि केन्द्र सिल गरिएको जानकारी वताएका छन् ।

केन्द्रलाई पूर्णरुपमा निर्मलीकरण र कर्मचारीलाई कन्ट्याक्ट ट्रेसिङ गरेपछि मात्रै केन्द्र सञ्चालनमा आउने पौडेलले जानकारी दिए । उनले विश्व स्वास्थ्य संगठन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशिकालाई पूर्ण पालना गरेर निर्मलीकरण गरिने वताए ।

केन्द्र सिल भएसँगै तत्काल रगत आवश्यक पर्ने बिरामी प्रभावित भएका छन् । रासस

प्रतिक्रिया