४ वटा शिशुलाई जन्म दिएकी २२ वर्षीया महिलाको मृत्यु
नेपालखोज
२०७७ भदौ १७ गते १८:३२
जनकपुर । सामान्य अवस्थामा जुम्ल्याहा शिशु, तिम्ल्याहा शिशु जन्मिएको सुन्दै आएका छौं । तर चम्ल्याहा शिशु जन्मिएको खबर बिरलै सुन्न पाइन्छ ।
जनकपुरमा यस्तै भएको छ । जनकपुरमा एक २२ वर्षीया युवतीले ४ वटा शिशुलाई जन्म दिइन् । ४ वटा शिशुलाई जन्म दिएकी महिलाको मृत्यु भएको छ। मंगलवार राति धनुषाको विदेह नगरपालिका–७ जोगियाराकी २२ वर्षीया अरमाना खातुनले ४ वटा शिशुलाई जन्म दिएकी थिइन् ।
४ वटा शिशुलाई जन्म दिएपछि उनको स्वास्थ्य अवस्था गम्भीर भएकाे थियो । उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनको आजै मृत्यु भएको जनाइएको छ ।
उनले जनकपुरधामस्थित काव्या अस्पतालमा ३ छोरी र १ छोरालाई एकैपटक जन्म दिएकी थिइन्। शिशुहरुमा छोराको तौल डेढ किलो र छोरीहरुको तौल सवा एक किलो रहेको अस्पतालले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया