बिहीबार, वैशाख ११, २०८२

नेप्सेमा दोस्रो बजार पनि निरन्तर उकालो

नेपालखोज २०७७ भदौ १८ गते ८:०९

काठमाडौं । कोभिड–१९ को असरले अर्थतन्त्रका अघिकांश क्षेत्र सुस्ताएको समयमा सेयर बजारमा भने उत्साह देखिएको छ । सेयर बजार हरेक दिनजसो दोहोरो अंकले उकालो लागेको छ भने कारोबार रकममा पनि बढोत्तरी आएको छ ।

वित्तीय क्षेत्रमा अधिक तरलता रहेकाले ब्याजदर घटेको, लगानीका अन्य क्षेत्र ठप्प रहेको, अनलाइनबाटै कारोबार गर्न सकिने लगायत कारण अहिले दोस्रो बजार निरन्तर उकालो लागेको हो । सेयर कारोबार मापक नेप्से परिसूचक हिजो करिब साढे २५ अंकले बढेको छ ।

अघिल्लो कारोबार दिनको तुलनामा १.७२ प्रतिशतले बढेपछि समग्र नेप्से १५ सय माथि पुगेको छ । अघिल्लो कारोबार दिन पनि नेप्से २२.३१ अंकले बढेको थियो ।

बैंक तथा वित्तीय संस्थाले सस्तोमा कर्जा दिन थालेकाले नयाँ लगानीकर्ता भित्रिएको इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष अम्बिका पौडेलले बताए । वाणिज्य बैंकबाट पनि अहिले करिब ७ प्रतिशत ब्याजदरमा कर्जा पाइने भएकाले सेयर बजारमा उत्साह देखिएको उनको भनाइ छ ।

प्रतिक्रिया