नेप्से परिसूचक ०.५१ अंकले घट्दा २ अर्ब माथि शेयर किनबेच
काठमाडौँ । बिहीबार शेयरबजारमा २ अर्बभन्दा माथिको कारोबार भएको छ । पछिल्लो समय अनलाइन प्रयोगकर्ताहरू बढेसँगै कारोबार रकम बढेको बजारमा सूचक घटे पनि रकम भने २ अर्बभन्दा माथि नै रहेको छ ।
बिहीबार नेप्से परिसूचक ०.५१ अंकले घटेर १५१०.४२ अंकमा बन्द हुँदा १ सय ८६ कम्पनीको ९३ लाख २ हजार ९ सय ७० कित्ता शेयर २ अर्ब ६३ करोड ४८ लाख ८६ हजार २ सय ३१ रुपैयाँमा शेयर किनबेच भएको छ ।
कारोबार सुरू हुनेबित्तिकै ओरालो लागेको शेयर दिनभर अस्थिर बन्दा ८५ कम्पनीले शेयरमुल्य गुमाए भने ६८ वटा कम्पनीले कमाए । अन्य १४ कम्पनीको शेयरमूल्य भने जस्ताको तेस्तै रहेको छ ।
बुधबार ४ अर्ब रूपैयाँको कारोबार हुँदा माथि उक्लिएको जलविद्युत्य क्षेत्र बिहिबार भने सुस्ताएको छ । कारोबार रकम घटे पनि उन्नति सहकार्य लघुवित्त, अरुण काबेली पावर, एनआरएन र जोशी हाइड्रोपावरको ९ शेयरमूल्य प्रतिशतले बढेको छ ।
कारोबारमा आएका होटल, फाइनान्स, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त, अन्य र म्युचुअल फण्डको सूचकमा बृद्धि भएको छ भने अन्य सबै समूहको सूचक ओरालो लागेको छ ।
प्रतिक्रिया