कोरोना प्रभाव : गरिबीको अन्तर थप बढ्ने, थप १० करोड मानिस बेरोजगार बन्ने
एजेन्सी । संयुक्त राष्ट्रसंघले कोरोना भाइरसको महामारीले आगामी वर्ष महिला र पुरुषबीचको गरिबीको अन्तरलाई थप बढाउने जनाएको छ ।
महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर रोजगारी गुमाउने र पेशाबाट विस्थापित हुनेहरुको संख्या बढ्दै गएकाले त्यसको असर दीर्घकालीन रुपमा देखा पर्ने भन्दै राष्ट्रसंघले चिन्ता व्यक्त गरेको हो ।
आगामी वर्ष साढे चार करोड भन्दा बढी महिला तथा केटाकेटी गरिबी र अभावबाट प्रभावित हुने राष्ट्रसंघको पूर्वानुमान छ । राष्ट्रसंघका अनुसार गरिब र अल्प विकसित देशका महिला तथा बालबालिकाले कोरोना महामारी पछि अनौपचारिक क्षेत्रका श्रमिकहरुको दैनिकी कष्टकर हुने जनाएको छ । महत्वपूर्ण रोजगारी गुमाउँदा पुरुष भन्दा महिला नै बढी प्रभावित हुने राष्ट्रसंघको आँकलन छ ।
राष्ट्रसंघीय महिला र संयुक्त राष्ट्रसंघको विकास कार्यक्रम (यूएनडिपी)का अनुसार महामारीको असरका कारण आगामी वर्ष करिब १० करोड मानिस चरम बेरोजगारीको सिकार बन्ने बन्ने छन् । जसमध्ये आधा भन्दा बढी महिला हुने राष्ट्रसंघको अनुमान छ ।
प्रतिक्रिया