बुधबार, वैशाख १०, २०८२

प्रशान्त महासागरमा हराएको पानी जहाज फेला

नेपालखोज २०७७ भदौ १८ गते २०:३६

एजेन्सी । मायासाक आँधीको समयमा ४३ यात्रुसहित प्रशान्त महासागरमा हराएको पानी जहाज फेला परेको छ । जापानी तटरक्षक अधिकारीहरुकाअनुसार उक्त जहाज बुधबार बिहानदेखि नै हराएको थियो ।

अधिकारीहरुका अनुसार अमामी ओशिमा टापुबाट १८५ किलामिटर पश्चिमतर्फ गएपछि संकट उत्पन्न भएको संकेत देखाइएको थियो । ओकिनावा र क्युसुको बीच भागमा पर्ने जापानी टापुको त्यस क्षेत्रमा आँधी आएको थियो ।

अधिकारीहरुका अनुसार आधा दिन भन्दा धेरै पानीमै रहेपछि जहाज र यात्रुहरु सकुशल भेटिएका थिए । पानामाको झण्डासहितको उक्त जहाज अगस्ट १७ मा ५ हजार ८ सय भन्दा धेरै गाईहरुको ढुवानी सहित न्युजिल्याण्डबाट छुटेको थियो ।

जापानी मौसम विज्ञान एजेन्सीका अनुसार त्यस क्षेत्रमा आएको आँधी पछिल्लो ७० वर्षको अवधिमा तेस्रो ठूलो थियो । उता न्युजिल्याण्डमा पशु अधिकारकर्मीहरुले जिउँदा पशुको ढुवानी तथा निर्यात गर्न नहुने भन्दै विरोध जनाएका छन् ।

प्रतिक्रिया