आइतबार, वैशाख ७, २०८२

नायिका रागिनी प्रहरीको केन्द्रीय अपराध शाखाको हिरासतमा

नेपालखोज २०७७ भदौ १९ गते १३:३२

एजेन्सी । भारतीय अभिनेत्री रागिनी द्विवेदीलाई प्रहरीको केन्द्रीय अपराध शाखाले नियन्त्रणमा लिएको छ । कन्नड फिल्म उद्योगसँग जोडिएको लागुऔषधको विषयलाई लिएर प्रहरीले उनलाई हिरासतमा लिएको हो ।

प्रहरी स्रोतका अनुसार सीबीसीको एक टोली बिहान ६ बजे उनको निवास पुगेको थियो । सीसीबीले बुधबार अभिनेत्री द्विवेदीलाई प्रहरीमा हाजिर हुन भने पनि उनले आफ्ना वकिलको टिम पठाएर सोमबारसम्मको समय मागेकी थिइन् ।  प्रहरीले उनलाई शुक्रबारसम्म उपस्थित हुन भनेको थियो । सीसीबीले उनलाई आजै अदालतमा पेस गर्ने तयारी गरेको छ ।

मादक पदार्थ ब्युरो (एनसीबी) ले बैङ्लोरबाट ३ जनालाई पक्राउ गरेको थियो । उनीहरूमाथि कन्नड फिल्म उद्योगका गायक र कलाकारलाई मादकपदार्थ आपूर्ति गरेको आरोप लागेको थियो । सीसीबीको छानबिनमा कन्नड फिल्म उद्योगका कम्तीमा १५ जना व्यक्ति मादकपदार्थसँग सम्बन्धित कारोबारमा सामेल भएको बताइएको छ ।

प्रतिक्रिया