अर्को वर्ष पनि कोरोना विरुद्धको खोप तयार हुनेमा आशंका
एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अर्को वर्ष सन् २०२१ को मध्यसम्ममा पनि कोरोना खोप बजारमा आइसक्ने आशा गर्न नसकिने जनाएको छ ।
हिजो जेनेभामा आयोजित कार्यक्रममा बोल्दै विश्व स्वास्थ्य संगठनका प्रवक्ता मार्गारेट ह्यारिसले अर्को वर्षको मध्यतिरसम्म पनि कोरोना विरुद्धमो खोप आइसक्ने आशा गर्न नसकिने बताएका छन् ।
उनले अहिलेसम्मका परीक्षणमा आएका विभिन्न खोपहरु उन्नत क्लिनिकल परीक्षणमा डब्लुएचओले खोजेको कम्तीमा ५० प्रतिशतको स्तरमा प्रभावकारी हुनेखालको नदेखिएको बताएका छन् । अहिलेसम्म कुनै पनि खोप खासै प्रभावकारी नदेखिएको भन्दै आगामी वर्षको मध्यसम्म पनि खोप बनिसक्ने अपेक्षा गर्न नसकिने बताएका छन् ।
खोप कत्ति सुरक्षित छ भनेर हेर्नु पर्ने र त्यो कती सुरक्षित छ भनेर पनि बुझ्नु आवश्यक रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । कोभिड–१९ को गम्भीरतालाई रोक्न वा कम गर्न लाखौं मानिसहरूलाई खोप दिनु अघि प्लेसबो विरूद्ध प्रयोगात्मक खोपहरू सुरक्षा र प्रभावकारिता निर्धारण गर्न आवश्यक रहेको उनले बताएका छन् ।
प्रतिक्रिया