अक्षय कुमारले पब्जीलाई टक्कर दिने गेम ‘फौजी’ ल्याउँदै
नेपालखोज
२०७७ भदौ २० गते २१:३२
एजेन्सी । बलिउड अभिनेता अक्षय कुमार र एक भारतीय कम्पनीले विश्व चर्चित अनलाईन गेम पब्जीलाई टक्कर दिने फौजी गेम ल्याउने भएका छन् ।
गत हप्ता मात्रै भारतले अनलाईन गेम पब्जीमाथि प्रतिबन्ध लगाएको हो । त्यसको केही दिनमै भारतमा पब्जीजस्तै गेम फौजी आउने घोषणा गरिएको हो। बैंगलौरस्थित एन–कोर गेम्स नामको कम्पनीले फौजी गेमलाई तयार पारेको हो। पब्जी प्रतिबन्ध गरिएपछि यस गेमले पब्जीको माग पूर्ति गर्ने अपेक्षा गरिएको छ।
आगामी अक्टोबर महिनाभित्रै यो गेम डाउनलोड गर्न सकिनेछ। एन–कोर कम्पनीका सह–संस्थापक विशाल डोडलका अनुसार फौजी गेमको पूरा नाम ‘फियरलेस एन्ड युनाइडेट गार्ड्स’ हो।
यस खेलको पहिलो लेभल लद्दाख नजिकैको गलवान उपत्यकामा आधारित रहेको बताइएको छ। गत जुन १५ मा चिनियाँ र भारतीय सेनाबीच सोही क्षेत्रमा झडप हुँदा २० भारतीय सेनाको मृत्यु भएको थियो। एजेन्सी
सम्बन्धित
प्रतिक्रिया