बिहीबार, वैशाख ११, २०८२

आइतबार एक घण्टामा ७३ करोडभन्दा बढीको शेयर कारोबार, परिसूचक ०.६२ अंक माथि

नेपालखोज २०७७ भदौ २१ गते १२:१८

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार एक घण्टामा ७३ करोड १८ लाख ८८ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । १७७ कम्पनीको ९ हजार १७६ पटकको व्यापारमा उक्त रकम बराबरको १७ लाख ८५ हजार ७५ कित्ता शेयर खरिद विक्री भएको हो । यस अवधिसम्म अघिल्लो कारोबार दिनको तुलनामा परिसूचक शून्य दशमलव ६२ अंक बढेर १ हजार ५११ दशमलव शून्य ४ विन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिन भदौ १८ गते बिहीवार नेप्से परिसूचक १ हजार ५१० दशमलव ४२ अंकमा बन्द भएको थियो ।

एक घण्टाको कारोबारमा ठुला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स भने शून्य दशमलव ७१ अंक घटेर ३०४ दशमलव शून्य २ विन्दुमा झरेको छ । यस अवधिसम्म कारोबारमा आएका १२ समूहहरुमध्य निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा बढी शून्य दशमलव ८१ प्रतिशतले बढेको छ । यो अवधिसम्म बैंकिङ समूह शून्य दशमलव ३५ प्रतिशत, जलविद्युत समूहक शून्य दशमलव ६६ प्रतिशत, वित्त समूह शून्य दशमलव ६२ प्रतिशत, लघुवित्त समूह शून्य दशमलव ४ प्रतिशत, जीवन बीमा समूह शून्य दशमलव १३ प्रतिशत र म्युचुअल फण्ड समूह शून्य दशमलव १८ प्रतिशत बढेको छ ।

एक घण्टाको कारोबार अवधिसम्म होटल समूहको परिसूचक १ दशमलव २६ प्रतिशत, विकास बैंकको शून्य दशमलव शून्य ५ प्रतिशत , उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ३३ प्रतिशत र अन्य समूहको १ दशमलव ८२ प्रतिशत परिसूचक घटेको छ । यस अवधिसम्म सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । नेपाल पुनर्बीमा कम्पनीको एक घण्टामा ११ करोड ७९ लाख ३७ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

प्रतिक्रिया