बिहीबार, वैशाख ११, २०८२

कोरोना विमाको मापदण्ड परिमार्जन गर्ने तयारी

नेपालखोज २०७७ भदौ २१ गते १९:२६

काठमाडौं । निजी प्रयोगशालामा पोजिटिभ रिपोर्ट आए पनि कोरोना बीमा गरेका संक्रमितको दाबी भुक्तानी नगर्ने अडान लिएको बीमा समितिले चर्को दबाब सृजनापछि मापदण्ड परिमार्जन गर्ने भएको छ ।

समितिले कोरोना बीमाको ‘भेदभावपूर्ण’ मापदण्ड परिवर्तन गरेर निजी ल्याबबाट टेस्ट भएको रिपोर्टको आधारमा पनि कोरोना बीमा दाबी गर्न मिल्ने बनाउन लागेको हो । साउन १ गते बीमा समितिले कोरोना बीमा सम्बन्धी मापदण्ड तयार गरेको थियो ।

सो समयमा तयार भएको मापदण्डमा बीमा भुक्तानीको दाबी गर्दा परीक्षणको रिपोर्ट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतको निकायका अस्पताल र ल्याबबाटै आएको हुनुपर्ने व्यवस्था थियो ।

सरकारले निजी ल्याबलाई पनि परीक्षणको अनुमति दिने तर बीमा भुक्तानी भने नदिन सर्कुलर जारी गरेको भन्दै निजी क्षेत्रबाट विरोध भएपछि विमा समिति मापदण्ड परिमार्जन गर्न बाध्य भएको हो ।

प्रतिक्रिया