सोमवार एक घण्टामा २.४७ अंक घट्यो शेयर बजार, ५८ करोडभन्दा बढीको कारोबार
काठमाडौं । सोमवार कारोबारको एक घण्टामा नेप्से परिसूचक २ दशमलव ४७ अंक घटेर १ हजार ४९७ दशमलव ५१ विन्दुमा झरेको छ । कारोबार खुला भएदेखिनै घटेको बजारमा ठुला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव १५ अंक घटेर ३०१ दशमलव शून्य ४ विन्दुमा झरेको छ ।
गत साताको अन्तिम कारोबार दिन बिहीवारदेखि ओरालो लागेको बजार सोमवार पनि घट्ने क्रममै रहेको छ । अर्थमन्त्रि डा. युवराज खतिवडा वाहिरीएपछि बजार बढ्ने विश्लेषण यतिवेला फेल खाएको छ । यद्यपी ठुला लगानीकर्ताहरुले पछिल्लो समय बजार विकासका लागि सकारात्मक भूमिका निर्वाह गरेका खतिवडाको पदमुक्तिसँग बजारलाई जोड्न नहुने तर्क गरेका छन् ।
सोमवार एक घण्टामा १७० कम्पनीको ८ हजार ३६ पटकको व्यापारमा ५८ करोड ७३ लाख २ हजार रूपैयाँ बराबरको १६ लाख ३६ हजार ३०३ कित्ता शेयर कारोबार भएको छ । सोमवार पनि सर्वाधिक कारोबार गर्ने पहिलो नम्वरमा नेपाल पुनर्बीमा कम्पनीनै रहेको छ । यस कम्पनीको एक घण्टाको अवधिमा ९ करोड ७८ लाख १५ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । कारोबारमा आएका १२ समूहमध्य एक घण्टाको अवधिसम्म होटलको शून्य दशमलव ३८ प्रतिशत, वित्तको शून्य दशमलव शून्य ४ प्रतिशत, निर्जीवन बीमा समूहको शून्य दशमलव २६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ४७ प्रतिशत, अन्यको शून्य दशमलव ६५ प्रतिशत, लघवित्तको शून्य दशमलव २४ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव १६ प्रतिशत परिसूचक बढेको छ । यस अवधिसम्म बैंकिङ समूहको शून्य दशमलव ६ प्रतिशत, व्यापारिक समूहको १ दशमलव ६८ प्रतिशत, विकास बैंकको शून्य दशमलव शून्य ३ प्रतिशत, जलविद्युत समूहको शून्य दशमलव १६ प्रतिशत र जीवन बीमा समूहको शून्य दशमलव १२ प्रतिशतले परिसूचक घटेको छ ।
प्रतिक्रिया