बिहीबार, वैशाख ११, २०८२

घटेको बजारमा उन्नती सहकार्य लघुवित्तको शेयरमूल्य ९.९१ प्रतिशत बढ्यो, दुई घण्टामा १ अर्बमाथिको कारोबार

नेपालखोज २०७७ भदौ २२ गते १३:१९

काठमाडौं । सोमवार दुई घण्टाको कारोबार अवधिमा ७ दशमलव ३३ अंक घटेको बजारमा उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ दशमलव ९१ प्रतिशत बढेको छ । यस कम्पनीको शेयरमूल्य प्रतिकित्ता ९९ रूपैयाँले बढेको हो । यस अवधिसम्म जोशी हाइड्रोको शेयरमूल्य पनि ८ दशमलव ८६ प्रतिशतले बढेको छ ।

दुई घण्टाको कारोबार अवधिमा सोमवार नेप्से परिसूचक १ हजार ४९२ विन्दुमा झरेको छ । कारोबार रमक १ अर्ब ७ करोड २० लाख २९ हजार रूपैयाँ रहेको छ । १८७ कम्पनीको १४ हजार ४०९ पटकको व्यापारमा उक्त रकम बराबरको २७ लाख ८६ हजार ४६ कित्ता शेयर कारोबार भएको हो । यस अवधिसम्म उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ५६ प्रतिशत र अन्य समूहको शून्य दशमलव ३ प्रतिशत परिसूचक बढेको छ भने बाँकी समूहको घटेको छ । यो अवधिमा सबैभन्दा बढी व्यापारिक समूहको परिसूचक १ दशमलव ६८ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया