रिलायन्स लाइफको आईपीओको नेप्सेमा सूचीकृत, मंगलवारदेखि कारोबार सुरु
काठमाडौं । रिलाायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । भदौ १२ गते सर्वसाधारणलाई आईपीओ बाँडफाँट गरेको कम्पनीले संस्थापक समेतको गरी कुल २ करोड १० लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत गराएको हो । नेप्सेमा सूचीकृत हुन अगावै हितग्राही खातामा जम्मा भैसकेको यो शेयर मंगलवार स्पेशल प्रिओपनिङ सेसनमा कारोबार भए नियमित कारोबार सुरु हुनेछ ।
यस कम्पनीको आईपीओलाई पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता न्यूनतम १०७ रूपैयाँ ५९ पैसादेखि अधिकतम ३२२ रूपैयाँ ७७ पैसा मूल्य रेञ्ज तोकेको छ । मंगलवारदेखि आरएलआईको संकेतवाट रिलायन्सको शेयर कारोबार हुनेछ । रिलायन्सले भदौ ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि ६३ लाख कित्ता आईपीओ विक्री गरेको थियो । संस्थापकतर्फको १ करोड ४७ लाख कित्ता र सर्वसाधारणतर्फको ६३ लाख कित्ता गरी कुल २ करोड १० लाख कित्ता कम्पनीले नेप्सेमा सूचीकृत गराएको हो ।
प्रतिक्रिया