कोरोना महामारीकाबीच चीन-युरोप मालवाहक रेल सेवामा ६८ प्रतिशत वृद्धी
नेपालखोज
२०७७ भदौ २५ गते ७:३३
एजेन्सी । कोरोना महामारीको समयमा पनि चीन–युरोप मालवाहक रेलसेवाले उच्च रेकर्ड कायम गरेको जनाइएको छ ।
पछिल्लो पाँच महिनामा चिनियाँ मेडिकल आपूर्ति र सीमित हवाई र समुद्री यातायातका कारण मालवाहक रेल सेवा बढेको साउथ चाइना मोर्निंग पोस्टले जनाएको छ ।
चाइना स्टेट रेलवे समूहले जारी गरेको पछिल्लो तथ्यांकका अनुसार जुलाईमा कूल एक हजार २२२ मालवाहक रेलहरु चिनियाँ सहरबाट युरोप पुगेका थिए । जुन गत वर्षको सोही अवधिको तुलनामा ६८ प्रतिशतले बढी रहेको प्रतिवेदनमा जनाइएको छ ।
मालवाहक रेलहरूले अन्तर्राष्ट्रिय खाद्यान्न आपूर्ति श्रृंखला स्थिर बनाउन मद्दत पु¥याउन महत्वपूर्ण भूमिका खेलेको जनाइएको छ । चीनको रेल ढुवानी धेरै भएको देखिएको छ । कोरोना महामारीबाट संसारभरको अर्थव्यवस्था तहसनहस भएको बेला चिनियाँ अर्थव्यवस्थामा भने सधार आएको छ ।
सम्बन्धित
प्रतिक्रिया