मंगलबार, वैशाख ९, २०८२

कोरोना अपडेट : नेपालमा २४ घण्टामा १ हजार ८ सय १८ जना कोरोना संक्रमण मुक्त

नेपालखोज २०७७ भदौ २५ गते १७:३४

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय १८ जना कोरोना संक्रमणमुक्त भएका छन् । मुलुकका विभिन्न अस्पतालमा उपचारत १ हजार ८ सय १८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

योसहित नेपालमा हालसम्म ३५ हजार ७ सय जना उपचारपछि निको भएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा १ हजार २ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

२४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ५० हजार ४ सय ६५ जना पुगेको छ ।

प्रतिक्रिया