मंगलबार, वैशाख ९, २०८२

फ्रान्समा निर्मित पाँचवटा राफेल लडाकू बिमान भारतीय वायुसेनामा समाहित

नेपालखोज २०७७ भदौ २५ गते २०:११

एजेन्सी । भारत सरकारले खरिद गरेका फ्रान्समा निर्मित पाँचवटा राफेल लडाकू बिमान भारतीय वायुसेनामा आजदेखि समाहित भएका छन् ।

चीनसँगको सीमा क्षेत्रमा तनाब बढिरहेको अवस्थामा नयाँ लडाकू बिमान भारतीय वायुसेनामा प्रवेश गराइएको हो । भारतले चीनसँगको सीमा क्षेत्र लद्दाखमा सैन्य तनाब बढेसँगै ठूलो संख्यामा लडाकू बिमान, हातहतियार र सैनिक परिचालन गरेको छ ।

अम्बालास्थित हवाई अखडामा आयोजित समारोहमा भारतीय रक्षा मन्त्री राजनाथ सिंहले भारतीय सीमा क्षेत्रमा तनाब भइरहेको अवस्थामा नयाँ लडाकू बिमानले भारतीय सेनाको मनोबल थप उच्च बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

चीनबाहेक भारत र पाकिस्तानबीच पनि काश्मिर विषयलाई लिएर सीमा क्षेत्रमा तनाबको स्थिति रहँदै आएको छ । राफेल बिमान खरिद गर्ने सम्बन्धमा भारत र फ्रान्सबीच सन् २०१६ मा ८ अर्ब ७८ करोड डलरको एक सम्झौता भएको थियो ।

सम्झौता बमोजिम फ्रान्सले सन् २०२२ भित्रमा ३६ वटा राफेल बिमान हस्तान्तरण गर्नु पर्नेछ । हालसम्म रुसी लडाकू बिमानमा निर्भर रहेको भारतमा अब फ्रान्सेली राफेल बिमान पनि उपलब्ध भएको छ ।

प्रतिक्रिया