मंगलबार, वैशाख ९, २०८२

पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ५० हजार कोरोना संक्रमित थपिए

नेपालखोज २०७७ भदौ २६ गते ७:२०

एजेन्सी । पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ५० हजार ३ कोरोना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण हालसम्म ८ लाख ९९ हजार ९१६ संक्रमितको ज्यान गइसकेको छ । संक्रमितको संख्या २ करोड ७७ लाख ३८ हजार १७९ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाका कारण विश्वमा ४ हजार ८८० कोरोना संक्रमितको मृत्यु भएको छ । अघिल्लो २४ घण्टामा विश्वमा ३ हजार ८३८ संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ८ लाख ९९ हजार ९१६ जनाको मृत्यु भइसकेको छ । संक्रमितको संख्या २ करोड ७७ लाख ३८ हजार १७९ पुगेको छ ।

प्रतिक्रिया