मंगलबार, वैशाख ९, २०८२

के तपाईंका छोराछोरी डिप्रेसनमा छन् ? हेर्नुहोस् यसका लक्षणहरु

नेपालखोज २०७७ भदौ २६ गते १३:१९

एजेन्सी । डिप्रेसनको शिकार युवा या वयस्क मात्र हुँदैनन्, यसले बच्चाबच्चीलाई पनि असर गर्न सक्छ ।

विशेष गरेर बच्चाहरू रिसाउने, झर्किने त सामान्य हो तर यदि बच्चाबच्चीहरू लामो समयसम्म चुप रहे भने केही असामान्य हो भनेर बुझ्न जरुरी छ । बच्चाबच्चीहरूको यस्तो स्वाभावलाई अविभावकहरूले बिल्कुलै नजरअन्दाज गर्नुहुँदैन ।

बच्चाबच्चीको स्वाभाव अध्ययन गरेर उनीहरूमा डिप्रेसन छ कि छैन भनेर जान्न सकिन्छ ।
विज्ञहरू बच्चामा डिप्रेसन हुने कारणहरू धेरै हुनसक्ने दाबी गरेका छन् । खराब स्वास्थ्य, जिन्दगीको समस्याहरू, पारिवारिक समस्या, आसपाको माहोल, आनुवंशिक या बायोकेमिकल डिस्टर्बेन्स लगायत धेरै कारणले बच्चामा डिप्रेसन हुन सक्छ ।

डिप्रेसन भएका बच्चाहरू सामाजिक दूरी बनाएर बस्न मन पराउने एक अहम लक्षण हो । बच्चाबच्चीमा हुने डिप्रेसनका लक्षणहरू यस प्रकारका छन् ।

१। स्वभावमा गडबडी, धेरै रिस उठ्नु तथा दुखी भएर बस्नु

२। नीदमा अचानक बदलाव आउनु

३। कुनै पनि काम मन नलगाईकन गर्न चाहनु

४। थकावट

५। एकाग्रतामा कमी र सामान्य गल्तीका लागि पनि आफूलाई दोषी देखाउने स्वाभाव

६। धेरै समय पेट र टाउको दुखेको गुनासो गरिरहनु

७। सामाजिक गतिविधिबाट दूरी बनाएर बस्नु

८। पटक पटक आत्महत्याको बारेमा कुरा गर्न खोज्नु

प्रतिक्रिया