मंगलबार, वैशाख ९, २०८२

देशैभरमा थपिए १ हजार ४ सय ५४ कोरोना संक्रमित

नेपालखोज २०७७ भदौ २६ गते १६:४९

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशैभरि १ हजार ५४ मा कोरोना संक्रमण देखिएको जनाएको छ ।

शुक्रवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १० हजार ७ सय १ पीसीआर परीक्षण गरिएको र त्यसमध्ये १ हजार ५४ जनामा कोरोना संक्रमण देखिएको बताएका हुन् ।

यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या १४ हजार ९ सय २५ पुगेको छ । गौतमले पछिल्लो २४ घण्टामा ९ सय ७२ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको बताए ।

हालसम्म डिस्चार्ज हुनेको संख्या ३६ हजार ६ सय ७२ रहेको छ ।

प्रतिक्रिया