मंगलबार, वैशाख ९, २०८२

कोरोना कहर : विश्वमा संक्रमित संख्या २ करोड ८६ लाख नाघ्यो

नेपालखोज २०७७ भदौ २७ गते ७:४७

एजेन्सी । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड( १९) को संक्रमणका कारण हालसम्म ९ लाखभन्दा धेरैको ज्यान गइसकेको छ ।

वर्डोमिटर्सकाअनुसार विश्वमा कोरोना संक्रमणबाट ज्यान गुुमाउनेको संख्या ९ लाख १९ हजार ५ सय नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वमा ६ हजार ११६ संक्रमितको ज्यान गएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ८८ हजार ७८७ कोरोना संक्रमित थपिएका छन् । वर्डोमिटर्सकाअनुसार हालसम्म विश्वमा संक्रमितको संख्या २ करोड ८६ लाख ४८ हजार नाघेकोे छ । भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ९६ हजार ५५१ कोरोना संक्रमित थपिएका छन् । अघिल्लो २४ घण्टामा ९५ हजार ७३५ कोरोना संक्रमित थपिएका थिए ।

त्यस्तै, कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुक संयुक्त राज्य अमेरिकामा ६६ लाख ३६ हजार जनामा संक्रमण देखिएको छ भने त्यहाँ मृत्यु हुनेको संख्या १ लाख ९७ हजार नाघिसकेको छ । त्यस्तै छिमेकी देश भारतमा हालसम्म ४६ लाख ५७ हजार बढीमा कोरोना संक्रमण देखिसकेको तथ्यांकमा उल्लेख छ ।

भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७७ हजार ५ सय नाघेको छ । भारत विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिकापछि दोस्रो स्थानमा छ भने मृत्यु हुनेको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ । भारत कोरोना संक्रमणको इपिसेन्टर बनेको छ ।

दैनिक ९६ हजारसम्म कोरोना संक्रमण पहिचान भइरहेको भारतमा संक्रमणको दर बढ्दै गइरहेको छ । लकडाउन–लुज डाउनको नीति अख्यिार गर्दै सार्वजनिक सवारी तथा रेल सेवा सञ्चालनमा आएसँगै भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको तथ्यांकले देखाएको छ । ९६ हजार ५५१ कोरोना संक्रमित एकैदिन देखिने विश्वमै भारत मात्रै हो । अमेरिकामा एकैदिन सबैभन्दा धेरै ७४ हजार र ब्राजिमा ६९ हजारसम्म संक्रमित भेटिएका थिए ।

प्रतिक्रिया