आइतबार, वैशाख ७, २०८२

दुई टाउको र तीन हात भएको अनौठो बच्चा जन्मियो !

नेपालखोज २०७७ भदौ २८ गते १२:५०

एजेन्सी । यो संसारमा विभिन्न किसिमका घटनाहरु घटेका हुन्छन् । कुनै घटना पिडायुक्त, कुनै रमाइला हुन्छन् भने कुनै अनौठा किसिमका हुन्छन् । भारत, हाम्रो छिमेकी राष्ट्रमा एउटा अनौठो घटना घटेको छ । यो घटना भारतको मध्य प्रदेशको विदिशा जिल्लाको हो । जहाँ बबिता अहिरवार नाम गरेकी २१ वर्षिया महिलाले दुई टाउको, तीन हात र चार पञ्जा भएको बच्चाको जन्म दिएकी छिन ।

उक्त नवजात शिशूको दुई वटा टाउको, तीन हात छन् । बच्चाको घाँटीमै अर्को टाउको जोडिएको छ । दुई हात सामान्य भए पनि तेस्रो हात भने बच्चाको दुईवटा टाउको जोडिएको बीचभागबाट निस्किएको छ । चिकित्सका अनुसार बच्चाको एक हातमै दुईवटा हत्केला छन् । तर, उक्त नवजात शिशूको एउटा मात्र मुटु छ ।

बबिताको विवाह करिब डेड वर्ष अघि भएको थियो । यो उनको पहिलो बच्चा भएको अस्पतालले जनाएको छ ।

तर, सामान्यतया यस्तो बच्चाले त्यसबेला जन्म लिन्छ, जब महिलाको गर्भमा भ्रूणको ठिक रुपमा विकास हुन सक्दैन । यस्तो घटना एक लाखमा एक जनामा त्यो पनि विरलै मात्रामा हुने चिकित्सकहरु बताउँछन् ।

प्रतिक्रिया