आइतबार, वैशाख ७, २०८२

नेप्सेमा १ अर्बभन्दा बढीको कारोबार, परिसूचक ४.४६ अंक बढ्यो

नेपालखोज २०७७ भदौ २८ गते १५:२७

काठमाडौं । आइतवार करिब तीन घण्टा बन्द भई खुलेको बजारमा ३ बजेर १५ मिनेटसम्म १ अर्ब २ करोड १५ लाख ६१ हजार रूपैयाँ बढीको शेयर कारोबार भएको छ । विहान ११ बजेर २५ मिनेटपछि बन्द भएको बजार २ बजेर १५ मिनेटपछि पुनः सुचारु भएको हो । यो अवधिसम्म १८४ कम्पनीको १३ हजार ७२६ पटकको व्यापारमा १९ लाख ६१ हजार ३४१ कित्ता शेयर कारोबार भएको छ ।

यस अवधिसम्म नेप्से परिसूचक ४ दशमलव ४६ अंक बढेर १ हजार ५२५ दशमलव १५ विन्दुमा पुगेको छ । कारोबारमा आएका १२ समूहमध्य जलविद्युत , उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, वित्त, अन्य र जीवन बीमा समूहको परिसूचक बढेको छ भने बाँकी समूहको घटेको छ । सबैभन्दा बढी परिसूचक उत्पादन तथा प्रशोधन समूहको १ दशमलव ४७ प्रतिशत बढेको हो ।

३ बजेर १५ मिनेटको अवधिसम्म सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । यस कम्पनीको ८ करोड ६४ लाख ११ हजार बराबरको शेयर कारोबार भएको हो । यस अवधिसम्म रिलायन्स लाइफ इन्स्योरेन्स र एनआरएन इन्फ्रास्टक्चर डेभलपमेण्ट लिमिटेडको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बृद्धि भएको छ ।

प्रतिक्रिया