मंगलबार, वैशाख ९, २०८२

अमेरिकामा आगलागीबाट कम्तीमा ३० जनाको मृत्यु

नेपालखोज २०७७ भदौ २८ गते २०:१०

एजेन्सी । अमेरिकाको पश्चिमी समुद्रसँग जोडिएका राज्यहरुमा फैलिएको आगलागीका कारण अहिलेसम्म कम्तीमा ३० जनाको मृत्यु भएको छ ।

अधिकारीहरुले दिएको जानकारी अनुसार अमेरिकाको ओरेगोन राज्यमा मात्र दर्जनौं मानिसहरु बेपत्ता भएका छन् । पछिल्लो तीन सातादेखि अमेरिकाको ओरेगोन, क्यालिफोर्निया र वासिङ्टनमा आगलागी जारी छ ।

आगलागीबाट लाखौंको जमिन प्रभावित बनेको छ । हजारौं घरहरु जलेर ध्वस्त भइसकेका छन् । उल्लेख्य संख्यामा मानिसहरु विस्थापित भसकेका छन् ।

यस्तै, अमेरिकी राष्ट्रपतिका उम्मेदवार जो बाइडनले जलवायु परिवर्तनको कारण यो समस्या सृजना भएको बताएका छन् । उनले राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनलाई बेवास्ता गरेको नतिजा स्वरुप यस्ता घटना देखिन थालेको पनि आरोप लगाएका छन् ।

प्रतिक्रिया