इङ्लिस प्रिमियर लिग : सेफिल्डमाथि उल्भरह्याम्पटनको जित
नेपालखोज
२०७७ भदौ ३० गते ९:०९
एजन्सी । इङ्लिस प्रिमियर लिग अन्तरगत गएराति भएको खेलमा उल्भरह्याम्पटनले जित हात पारेको छ । राउल जिमिनेज र रोमेन साइसको गोलमा उल्भरह्याम्पटनले सेफिल्ड युनाइटेडलाई २–० ले पराजित गरेको हो ।
जिमिनेजले तेस्रो मिनेटमै उल्भरह्याम्पटनलाई अग्रता दिएका थिए। त्यसको तीन मिनेटपछि साइसले अग्रता दोब्बर बनाए। सुरुमै गरेको दुई गोल उल्भरह्याम्पटनका लागि निर्णायक बन्यो।
उल्भरह्याम्पटनका प्रशिक्षक नुनो इपिरिटो सान्टो केही दिनअघि मात्र क्लबसँग थप तीन वर्षका लागि सम्झौता नवीकरण गरेका थिए। अब उनी २०२३ सम्मका लाग उल्भरह्याम्पटनमै रहनेछन्।
नयाँ सम्झौतापछिको पहिलो खेल सुखद बनेको छ। नुनो २०१७ मा उल्भरह्याम्पटन आएका थिए। नुनोको प्रशिक्षणमा गत सिजन उल्भरह्याम्पटनले युरोपा लिगमा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो।
सम्बन्धित
प्रतिक्रिया