आइतबार, वैशाख ७, २०८२

नेपाली २२ करोड पर्ने कुकुर !

नेपालखोज २०७७ भदौ ३१ गते ११:३०

एजेन्सी । कुकुर घरपालुवा जनावर हो । प्रायः हामी सबैको घरमा कुकुर हुन्छ । कुकुर घरको चौकीदार पनि हो । विभिन्न प्रजातिको कुकुरहरु मानिसहरुले पाल्ने गर्छन । सामान्यतया घरपालुवा कुकुरको मूल्य प्रजातिअनुसार १० हजार, २० हजार देखि १ लाख रुपैयाँ सुनिरहेका हुन्छौं । तर, चीनमा तिब्तयन मास्टिफ प्रजातिको कुकुरलाई करिब २ मिलियन डलर (२२ करोड नेपाली रुपियाँमा ) बेचिएको छ । यो विश्वकै महंगो प्रजातिको कुकुर हो । यति महंगोमा खरिद गरेका कुकुरको तौल ९० किलो र उचाइ ८० सेमी थियो ।

५६ वर्षीय प्रपर्टी डेवलोपरले २२ करोड तिरेर एक वर्ष भएको सुनौलो रंगको तिब्तयन मास्टिफ खरिद गरेका हुन् । यो जातको कुकुरलाई सिंहको वर्णशंकर भनिन्छ भने यिनीहरूको शरीरमा सिंहकै रगत बग्ने गरेको हुन्छ ।

 

प्रतिक्रिया