बुधवार एक घण्टामा २.८९ अंक घट्यो बजार, २७ करोडभन्दा बढी कारोबार
काठमाडौं । मंगलावार सामान्य अंकले घटेर बन्द भएको बजार बुधवार एक घण्टामा २ दशमलव ८९ अंक घटेको छ । यस दिन १ हजार ५३७ दशमलव ३५ विन्दुदेखि बजार खुला भएको हो । मंगलवार ४ दशमलव ४७ अंक घटेर १ हजार ५३६ दशमलव शून्य ३ विन्दुमा बजार बन्द भएको थियो ।
भदौ २३ गतेदेखि निरन्तर उकालो लागेको बजार भदौ ३० गतेदेखि भने ओरालो लागेको छ । मंगलवार एक घण्टामा २७ करोड ४७ लाख ४६ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । यो रकमको शेयर कारोबार १६८ कम्पनीको ५ हजार २७९ पटकको कारोबारमा भएको हो ।
एक घण्टाको कारोबारमा होटल र व्यापारिक समूहको शेयरमा लगानीकर्ताहरुको आकर्षण बढी देखिएको छ । कारोबारमा आएका १२ समूहमध्य व्यापारिक समूहको ३ दशमलव १७ प्रतिशत र होटल समूहको ३ दशमलव ११ प्रतिशत परिसूचक बढेको हो । त्यस्तै अन्य समूहको शून्य दशमलव शून्य ६ प्रतिशत र जीवन बीमा समूहको शून्य दशमलव ५३ प्रतिशत परिसूचक बढेको छ । यी बाहेक बाँकी समूहको परिसूचक भने घटेको छ । एक घण्टाको कारोबार अवधिमा जलविद्युत समूहको परिसूचक सर्वाधिक शून्य दशमलव ५३ प्रतिशत घटेको हो ।
मंगलवार पनि कुल कारोबारमा सर्वाधिक हिस्सा नेपाल पुनर्बीमा कम्पनीलेनै ओगटेको छ । यस दिन नेपाल पुनर्बीमा कम्पनीको २ करोड ३ लाख ९ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो । घटेको बजारमा एक घण्टाको कारोबारमा चार कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । एनआरएन लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ९६ प्रतिशत, रिलायन्स लाइफ इन्स्योरेन्सको ९ दशमलव ८९ प्रतिशत, आँखुखोला जलविद्युत कम्पनीको ९ दशमलव ३३ प्रतिशत र दिव्यश्वरी हाइड्रोको ९ दशमलव शून्य ९ प्रतिशत शेयरमूल्य बढेको हो । यस अवधिमा जोशी हाइड्रोको ४ दशमलव २६ प्रतिशत र हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयरमूल्य ४ दशमलव १७ प्रतिशत घटेको छ ।
प्रतिक्रिया