आइतबार, वैशाख ७, २०८२

बुधवार दुई घण्टामा १५३४.३२ विन्दुमा झरेको बजारमा ६६ करोडभन्दा बढीको कारोबार

नेपालखोज २०७७ भदौ ३१ गते १३:३६

काठमाडौं । बुधवार दुई घण्टाको कारोबार अवधिमा नेप्से परिसूचक १ हजार ५३४ दशमलव ३२ विन्दुमा झरेको छ । अघिल्लो कारोबार दिनको तुलनामा परिसूचक १ दशमलव ७१ अंक घटेको हो । यो अवधिमा ठुला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ८१ अंक घटेर ३०३ दशमलव ८४ विन्दुमा झरेको छ ।

दुई घण्टामा १८५ कम्पनीको २२ लाख ७५ हजार ९५१ कित्ता शेयर ६६ करोड ८८ लाख ७ हजार रूपैयाँमा खरिद विक्री भएको छ । यो दिन बजार बढ्ने र घट्ने क्रममै रहेको छ । दुई घण्टाको कारोबारमा १ हजार ५३७ दशमलव ३५ विन्दुदेखि खुलेको बजार १ हजार ५३९ दशमलव ५५ विन्दुसम्म पुगेको थियो भने १ हजार ५२६ दशमलव ४२ विन्दुसम्म झरेको थियो ।

यस दिन व्यापारिक र होटल समूहको शेयरप्रति लगानीकर्ताहरुको उच्च आकर्षण रहेको छ । कारोबारमा आएका समूहमध्य व्यापारिक समूहको ३ दशमलव ४३ प्रतिशत र होटल समूहको ३ दशमलव ६४ प्रतिशत परिसूचक बढेको हो । यी सँगै विकास बैंकको शून्य दशमलव शून्य ५ प्रतिशत, जलविद्युतको शून्य दशमलव १५ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ४३ प्रतिशत र जीवन बीमाको शून्य दशमलव ६२ प्रतिशत परिसूचक बढेको छ ।

यस दिन दुई घण्टामा बैंकिङ समूहको शून्य दशमलव ४८ प्रतिशत, वित्तको शून्य दशमलव ४४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव १७ प्रतिशत, अन्यको शूून्य दशमलव शून्य ९ प्रतिशत, लघुवित्तको शून्य दशमलव २ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव १५ प्रतिशत परिसूचक घटेको छ ।

प्रतिक्रिया