प्रशिक्षण खुल्ला गर्न सरकारसँग माग
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटबल प्रशिक्षण खुल्ला गर्न सरकारसंग माग गरेको छ । एन्फाका पदाधिकारीले बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश सिलवालसंग भेट गरि खेलाडीलाई प्रशिक्षणको वातावरण तयार गरिदिन अनुरोध गरेका हुन् ।
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले सरकारले खेलाडीलाई प्रशिक्षणका लागि तत्काल अनुमती प्रदान गर्नुपर्ने बताएका थिए । अन्य सबै क्षेत्र विस्तारै खुल्दै गएको उल्लेख गर्दै अध्यक्ष शेर्पाले खेलकुदलाई समेत खुल्ला गर्ने बिषयमा सरकारको ध्यानकर्षण गराएका हुन् ।
एन्फाले सरकारले अनुमती प्रदान गरेको अवस्थामा बिना दर्शक अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल दशरथ रंगशालामा गर्न सकिने प्रस्ताव गरेको छ । एन्फाले मैत्रीपूर्ण फुटबल खेलका लागि धेरै देशबाट प्रस्ताव आएको उल्लेख गर्दै सरकारले तत्काल प्रशिक्षणको अनुमती दिनुपर्ने माग गरेको हो ।
एन्फासंगको छलफलमा सदस्य सचिव सिलवालले खेलाडीलाई प्रशिक्षणमा फर्काउन आफुले पहल गर्ने जानकारी गराएका थिए । एन्फाको मागप्रति आफु सकारात्मक रहेको बताउँदै उनले यस बिषयमा सरकारसंग संवाद गर्ने आश्वासन दिएका थिए ।
प्रतिक्रिया