पादेको अभियोगमा ६८ हजार जरिवाना
नेपालखोज
२०७७ असोज १ गते ११:२६
एजेन्सी । अपराध गर्नेलाई कानुन अनुसार सजाय दिइने गरिन्छ । अपराधको किसिम अनुसार त्यस ठाउँको नियम अनुसार अथवा संबिधान हेरेर सजाय दिइन्छ । तर, अष्ट्रियामा एउटा अनौठो घटना घटेको छ । प्रहरीको अगाडि पादेको अभियोगमा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पादेको अभियोगमा उनलाई ५ सय युरो जरिवाना गरिएको छ । चेकजाँच गर्ने क्रममा पादेपछि प्रहरीले ती युवकलाई पक्राउ गरेको हो । ठूलो आवाज आउनेगरी प्रहरीलाई गिज्ज्याएर पादेको अभियोग ती युवामा लागेको थियो ।
भियनास्थित एक पार्कमा बसिरहेको बेला गस्तीमा रहेको प्रहरीले ती युवकसंँग परिचयपत्र माग्यो । बेन्चमा बसिरहेको ती युवक उठ्दा एक्कासी ठूलो स्वरमा पादेको आवाज सुनियो । त्यसपछि प्रहरीको नियन्त्रणमा रहेका उनलाई ५ सय युरो (करिब ६८ हजार रुपैयाँ) जरिवाना गरिएको हो ।
सम्बन्धित
प्रतिक्रिया